
काठमाडाैं । रौतहटको बृन्दावन नगरपालिकास्थित बागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर आज दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुवै पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयले कर उठाउन बनाइएको घरसमेत भत्काई आगजनी गरेका छन् ।
नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा आज अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । हाल अवस्था सामान्य रहेको छ । बागमती नदीको दुवै घाटबाट गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्