
काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् ।
शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन ।
निशा अभिनित पछिल्लो चलचित्र ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । उनले हालै मात्र चलचित्र ‘आँखा’ को छायांकन सकाएकी छिन् । कुनै बेला राम्रो डिमान्ड भएकी उनले ‘झ्यानाकुटी’बाट फिल्म निर्माणमा समेत हात हालेकी छन् । अहिले उनले युट्युबका लागि पोडकास्ट चलाउँदै आएकी छन् ।
चलचिका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत, माओत्से गुरुङ र केकी अधिकारी यसअघि नै तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने यो चलचित्र पूर्ण मनोरञ्जनात्मक हुने बताइएको छ ।
आगामी फागुन २५ गतेदेखि पोखरा र मुस्ताङमा छायांकन हुने चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्दैछन् । सुरेश न्यौपानेको पटकथा रहेको चलचित्रले मुस्ताङको पर्यटन विकासमा टेवा पुग्ने आशा निर्माताले लिएका छन् ।
चलचित्र सलोन सलिना ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्