१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अंश मुद्दा हालेपछि अभिनेत्री निशाले लेखिन् स्टाटस


1.586k
Shares

काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् ।

होलीको अवसरमा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफूहरू ठिकठाक रहेको बताएकी छन् । उनले होली मनाएको आफ्नो एक तस्वीरसहित उक्त स्टाटस सार्वजनिक गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी एकदम परिपक्वता र करुणाका साथ सबै भन्दा राम्रो तरिकाले काम गरिरहेका छौं ।’

अधिकारीले आफूहरूको यो निजी मामला भएको बताउँदै अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । अधिकारीले आफू श्रीमान र छोरा ठिक रहेको पनि उक्त स्टाटस मार्फत बताएकी छन् ।

अधिकरीले गत भदौमा भेषावकरसँग अंशबण्डाको माग गर्दै मुद्दा दायर गरेकी थिइन् । नाबालक छोरालाई समेत अंश बण्डाको उचित भाग लगाउनुपर्ने माग गर्दै अधिकारीले श्रीमान् भेषावकरविरुद्ध मुद्दा दायर गाराएकी हुन् ।

अधिकारीले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दा दायर गरेकी अधिकारीले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरको २०७४ सालमा विवाह भएको थियो ।