
काठमाडौं । अभिनेता अर्पण थापा, सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘जय हो’ प्रदर्शन मिति सार्वजनिक भएको छ ।
चलचित्र प्रदर्शन भदौ ८ गतेबाट हुने भएको छ ।
निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी लगायतको समेत अभिनय रहेको छ ।
टेक पौरखी राईको निर्देशनमा बन्न लागेको चलचित्रमा कमेडी, एक्सन र लभस्टोरी जनरामा निर्माण गरिने भएको छ ।
चलचित्रको आइतबारदेखि छायांकन सुरु हुँदैछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ ।
द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्