
काठमाडौं । चलचित्र ‘नांगो गाउँ’को वर्कसप सकिएको छ ।
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यस चलचित्रको १५ दिनसम्म वर्कसप गरिएको हो ।
चलचित्र निर्माण टिमले निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम, कस्ट्यूम टिम र कलाकारसँग अलग–अलग वर्कसप गरेको छ । चलचित्र वर्कसपका केही तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै निर्देशक लामाले उक्त कुराको जानकारी दिएका हुन् ।
चलचित्रको आगामी १० गतेबाट छायांकन सुरु हुनेछ । काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ चलचित्रलाई आलोक शुक्लाले छायांकन गर्नेछन् ।
कलाकारको वर्कसपमा दयाहाङ राई, कर्म शाक्य, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्