१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक : निर्वाचन आयुक्त तुलाधर


143
Shares

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताउनुभएको हो ।

निर्वाचन आयुक्त तुलाधरले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन आयुक्त तुलाधरले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताउनुभयो । उहाँले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।