१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायलकाे आक्रमणमा परी प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु


91
Shares

एजेन्सी । इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरकाे मृत्यु भएकाे छ ।

इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरकाे मृत्यु भएकाे हाे । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १ सय ३० बढी निशानामा बमबारी गरेको छ ।

प्यालेस्टिनी मिलिसियाले पनि साढे ४ सय बढी रकेट इजरायलतर्फ प्रहार गरेकाे छ । इजरायली सेनाकाे आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीकाे मृत्यु भएकाे इस्लामिक जिहादले स्वीकार गरेको छ । इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ ।

इजरायली सेनाकाे आक्रमण बिहीबार पनि जारी रहेको छ ।