तरुण दलका रोल्पा नगरअध्यक्ष रोहित पुनको हत्या

news

रोल्पा, भदौ २४ । रोल्पाको सुलिचौरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । नेपाल तरुण दल रोल्पा नगरका अध्यक्षसमेत रहेका रोहित पुनको हत्या भएको हो ।

सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकी अगाडि उनीमाथि गोली प्रहार भएको थियो । छातीमा २ र बाँया कोखामा एउटा गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गोली कसले र किन हानेको हो भन्ने यकिन नभए पनि एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

मृतकको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...