१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भृकुटीमण्डपमा पुष्पमेला : व्यवसायी र अवलोकनकर्ता उत्साहित


260
Shares

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा तिहारलक्षित पुष्पमेलाको आयोजना गरिएको छ ।

बडादशैं सकिएसँगै नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा भृकुटीमण्डपमा लगायत देशका विभिन्न ठाउँहरुमा फुलहरुको मेला अर्थात पुष्पमेलाको आयोजना भइरहेका छन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको पुष्पमेलामा व्यवसायी र अवलोकनकर्ताहरु निकै उत्साहित देखिएका छन् ।

यसवर्षकोे पुष्पमेलामा फुल अनि फुलका विरुवा किन्न आउने ग्राहकले भरिभराउ देखिएको छ । आर्थिक मन्दीले थलिएको व्यापार व्यवसाय थोरैभएपनि लयमा फर्किरहदा पुष्प व्यवासायीहरु दंग देखिएका छन् ।

पचास रुपैयाँदेखि बीस हजारसम्मको बिरुवा मेलामा राखिएका छन् । विगत २२ वर्षदेखि नर्सरी संचालन गरिरहेका व्यवसायीदेखि भर्खर शुरु गरेका व्यवसायीसम्मले थरीथरीका फुलहरु मेलामा आर्कषक ढंगले सजाएर व्यवसाय गरिरहेका छन् ।

फुल किन्न आउने थरीथरीका ग्राहक छन् । केही ग्राहकले फुलहरु विगतको तुलनामा केही महंगो भएको बताइरहँदा केहीको अनुभव मेलामा धेरैथरिका फूलहरु रहेकोले एकैथलोमा धेरै विकल्प पाउन सहज हुने रहेको छ । आफ्नै माटो र आफ्नै किसान दाजुभाई दिदीबहिनीको मेहनतलाई प्रोत्साहन गर्नुपर्ने ग्राहक बताउँछन् ।

यसैगरी बाहिर भन्दा धेरै प्रकारका फुल एकै ठाउँमा किन्न पाउँदा आनन्द आउने हँुदा यस्ता मेला आयोजना भइरहनु सकारात्मक रहेको धेरैको बुझाइ छ । तर, बाहिर जस्तो छुट मेलामा पनि दिनुपर्ने उनीहरुदे आग्रह गरेका छन् ।

पुष्पमेलामा फुल नर्सरी अनि बोटविरुवा सम्बन्धी जानकारी पनि लिन सकिने हुँदा विगतको वर्षमा भन्दा यो मेला फरक रहेको आयोजकको भनाइ छ । मेला संचालन भएको तीन दिनमा ८ लाखको व्यवसाय गरेको र मेलामा ५० लाखको लक्ष्य सजिलै पुरा हुने आयोजकको दावी छ ।

मेलामा अर्को आकर्षणको रुपमा देखिएको छ कोैशी खेती । घरको छतको सानो ठाउँलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर पनि अवलोकनकर्ताहरुले निकै चासो लिइरहेका छन् ।