१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुकेको फूल औषधि र अगरबत्तीमा प्रयोग


2.236k
Shares

काठमाडौं । विगत वर्षका तिहारमा छिमेकी देशबाट सयपत्री फूल आयात गरिँदा करौडौं रकम बाहिरिने गरेको थियो । यसपटक विशेष जोड दिएर नेपाल मै उत्पादन बढ्दा आयात त घट्यो तर किसानले उचित मूल्य पाउन सकेनन् । उत्पादन अधिक हुँदा फूलजति फोहरमा फाल्नु परेको किसान र व्यवसायीको गुनासो छ । तर थोरैमात्र मेहनत गरेमा फुलेका फूल मात्र नभै ओइलिएर झरेका फूललाई पनि प्रयोगमा ल्याउन सकिन्छ ।

जम्मदेखि मृत्युसम्मको संस्कारमा अत्यावश्यक फूल चाडपर्व, उत्सव, घर, कार्यालय सजावट देखि प्रायः हरेक उत्सवमा प्रयोग गरिन्छ । भर्खरै सकिएको फूलैफूलको पर्व तिहारमा सयपत्री फूलको अत्यधिक प्रयोग हुने गर्दछ । यसैले पनि फूलखेतीमा लाग्ने पुष्प व्यवसायी तिहार लक्षित सयपत्री फुलखेतीमा लाग्ने गरेका । विश्वभर सयपत्री फूलको ५० प्रजाति भएको मानिन्छ ।

मिठो सुवास, कस्तुरी झै वासना दिने सयपत्री फूल सबैभन्दा बढी उपयोगी मानिन्छ । यो फूल नेपालमा बर्षैभरि फुलाउन सकिन्छ । तर, यसपालीको तिहारमा फुलको रामा्रे खपत नहुदा वर्षभरिको मेहनत र लगानी खेर गएको भन्दै फूल खेतीमा लाग्न सोच्नपर्ने बताइरहेका छन् । खेर जाने सयपत्री फूललाई सुकाएर पेट सम्बन्धी विभिन्न रोगको औषधिमा उपयोग गर्न सकिने विज्ञहरु बताउँछन् । यसैगरी बास्नादार अगरवत्ती बनाउन समेत अति उपयोगी हुने सयपत्री पूmलको व्यवसायिक खेती गरी बजारीकरण गर्न सकिने भक्तपुर चेम्वर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठ बताउनुहुन्छ ।

सुकेका सयपत्री फूलको पुनःप्रयोग गर्दै आएका भक्तपुरका कविदास श्रेष्ठ अरुले सुकेका फूलहरु बटुलेर उपयोग गरेको देखेरनै आफूले पनि यसको प्रयोग गरी विभिन्न अगरबत्ती बनाई सदुपयोग गरिरहेको बताउनुहुन्छ । खेर गएका फूलहरुबाट पनि प्रशस्त फाइदा लिन सकिने श्रेष्ठको निचोड छ ।

सयपत्री फूललाई सुकाएर पिसेर लगाउदा विभिन्न चोटपटक निको हुने, उमालेर पिउँदा ज्वरो र जीउ दुखेकोमा लाभकारी हुने आयुर्वेदमा उल्लेख छ । यसैले यसको गुणलाई पहिचान गरि सदुपयोग गर्न सकिए किसान र व्यवसायी सबैलाई फाइदा पुग्ने निश्चित छ ।