१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बस र पिकअप ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु


312
Shares

कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप आज बिहान ठोक्किएको हो ।

दुर्घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका निवासी हिरालाल बढईको घटनस्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि बुटवल पठाएको प्रहरीले जनाएको छ ।