
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरुको कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरु र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले सुदूरपश्चिमको प्रदेशको धनगढी, मधेस प्रदेशको राजधानी जनकपुरधाम र लम्बिनी प्रदेशको राजधानी देउखुरीमा संघीय संसदले बनाएका कानून कार्यान्वयनका चुनौतीबारे अधययन गरेर प्रतिवेदन बुझाएको छ ।
समिति सभापति विमला सुवेदीले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल)सँग सम्बन्धित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताउनुभयो । उहाँले समिति सदस्यहरुसँग समन्वय गरेर कार्यक्रम हुने स्थान, मिति र समय तय गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्