
एजेन्सी । प्यालेस्टिनी भुमी गाजाको नेत्जारिम करिडोरबाट इजरायली सेना फिर्ता भएको छ । युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्र नेत्जारिम करिडोरबाट फिर्ता भएको हो ।
इजरायल र हमासबीच हालै भएको युद्धविराम सम्झौता अनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता हुन थालेको हो । इजरालयी फौज फिर्ता भए लगत्तै सो क्षेत्रबाट पलायलन भएका सयौं प्यालेस्टिनीहरू रातारात गाजा फर्कन थालेका छन् ।
यी दुई समुहबीच भएको सम्झौताअन्तर्गत हमासले हालसम्म २१ बन्धकलाई रिहा गरिसकेको छ भने ५ सय ६६ प्यालेस्टिनी बन्धकहरू पनि रिहा भइसकेका छन् । दुई पक्षबीच भएको युद्धविरामको पहिलो चरण ६ साताको रहने सम्झौतामा उल्लेख छ ।
यस अवधिमा ३३ बन्धक र १९ सय कैदीहरू रिहा हुने अपेक्षा गरिएको छ । ३३ मध्ये ८ जनाको मृत्यु भएको इजरायलले जनाएको छ । तर युद्धविराम सम्झौता अनुसार इजरायलले गाजामा मानवीय सहायता पठाउने कार्यमा सहयोग नपु¥याएको हमासको आरोप छ ।
युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण शुरू भएको १६ दिनपछि वार्ता हुने उल्लेख भएतापनि हालसम्म वार्ता सुरू हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्