१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कांग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन हुन सक्दैन : सांसद पन्त


0
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद पन्तले संविधानमा रहेका असन्तुष्टिहरु अहिले आएर व्यक्त भइरहेको उल्लेख गर्नुभयो । उहाँले अहिले आएर काँग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास सुरु गरौँ भनेर पहलकदमी भइरहेको बताउनुभयो ।

सांसद पन्तले संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको बताउनुभयो । उहाँले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो । सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताउनुभयो ।

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताउनुभयो ।