पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

news

बार्बाडोस, असोज २२ । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारतविरुद्धको तीनओटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनोट भएका छन् ।

आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनोट गरिएको वेस्ट इन्डिजका छनोट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताए ।

वेस्ट इन्डिज छनोट समितिले १५ सदस्यीय एकदिवसीय टिमसमेतको घोषणा गरेको छ । उक्त टिममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् ।

आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाईसमेत ध्यान दिएर नयाँ खेलाडी छनोट गरिएको कोर्टनी ब्राउनले बताए ।

ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेशविरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिए ।

भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचओटा एकदिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ । रासस/एएनआई

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...