शिवराम श्रेष्ठको प्रारम्भिक अग्रता

news

काठमाडौं, असोज २२ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत्को सेन्ट्रल ओपन गल्फमा शिवराम श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् ।

सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु भएको सेन्ट्रल ओपनमा चार अन्डर पार ६८ को स्कोरकार्डका साथ शिवरामले अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा रहेका धन थापा र एमच्योर पृथ्वी मल्लले दुई अन्डर पार ७० को स्कारकार्ड बनाए । तेस्रो स्थानका कृष्णमान राजबाहकले इभन पार ७२ को स्कोरकार्ड खेले ।

दीपक मगर, सुनील केसी र सन्दीप तामाङले समान एक ओभर पार ७३ को स्कोर कार्ड खेल्दै संयुक्तरुपमा पाँचौं स्थानमा छन् ।

त्यसैगरी, दीपक आचार्य, विकास अधिकारी, प्रदीपकुमार लामा, भुवन नगरकोटी, वाङ्चेन धोन्दुप र सुरेन्द्र फुयाँल दुई ओभर पार ७४ को स्कोरसहित आठौं स्थानमा छन् ।

३० व्यावसायिकसहित ४१ गल्फर सहभागी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ७७ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...