सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी पुग्नुभएका मुख्यमन्त्री सिंहले रातभर लालबन्दी र नवलपुरका २३ स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति पत्र नभएका र मापदण्ड…