काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै मेयर महर्जनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताउनुभयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा…