Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

काठमाडाैं । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको मृत्यु भएको छ। साेही घटनामा अर्का एक जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२ वर्षीय अजय पहरीको मृत्यु भएको जनाएकाे छ। साथै चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौंडा अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले बताउकाे हाे ।