३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मिडिया काउन्सिल विधेयक अघि बढ्न दिँदैनौंः कांग्रेस प्रमुखसचेतक खाँण


0
Shares

काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक अघि बढ्न नदिने फेरि दोहोर्याएको छ ।

काठमाडौंमा गरिएको कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानलाई कुल्चेर सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका हुन् ।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जाने खाँणको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको आरोप लगाउँदै दुई तिहाईको प्रधानमन्त्री त झन् विनम्र र विनयी हुनुपर्नेमा संसद र जनप्रतिनिधिप्रति अनुदार हुँन थालेको नेता खाँणले बताए ।