६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पेरुमा ८ म्याग्नेच्यूडको भूकम्पः ठूलो मात्रामा भौतिक क्षति


0
Shares

दक्षिण अमेरिकी देश पेरुमा ८ म्याग्नेच्यूडको भूकम्प गएको छ । शुरुमा ७.५ म्याग्नेच्यूड मापन गरिएको भूकम्प पछि ८ म्याग्नेच्यूडको रहेको बताइएको थियो ।

भूकम्पबाट मानवीय क्षतिको विवरण आइनसके पनि भौतिक क्षति भने ठूलो मात्रामा भएको जनाइएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा बताइएको छ ।

ठूला साना सडकहरु प्रयोगमा नआउने गरी ध्वस्त भएका छन् भने गगनचुम्बी भवनहरु भूकम्पबाट भत्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहहरुले जनाएका छन् । कति सडक भासिएका छन् भने कतिमा धाँजा फाटेको छ ।

कयौं शहर गाउँमा विद्युत आपूर्ति विच्छेद भएको छ ।

मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महशूस गरिएको थियो । एजेन्सी