२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु हुन् : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, असार १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म कोरोनाको संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरु बुझ्दै उहाँले १३ हजार संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताउनुभएको हो ।

मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिनुभयो ।

अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अवको केही दिन भित्र देशभर ३३ वटा ल्याब पुर्‍याइ दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टिलेटर सहित गगल्स,सर्जिकल मास्क, डिस्पोजेबल कभर, ग्लोब्स लगायतका समग्री सहयोग गरेको छ ।

१ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।