
काठमाडौं, असार १६ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले भारतले आफूलाई हटाउन थालेको भन्ने अभिव्यक्तिप्रति सत्तारुढ नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले भारतले हटाउन थालेको भए त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमसहितका नेताले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ माग्नुभएको हो ।
गत आइतबार बालुवाटारमै मदन भण्डारी फाउण्डेशनले गरेको कार्यक्रममा ओलीले आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेता लागेको आरोप लगाउनुभएको थियो ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले जनतामा निराशा पैदा गर्ने भएकोले वास्तविकतामा आधारित भए पुष्टि गर्न नेताहरुले चुनौती दिएपछि प्रधानमन्त्री ओली आफ्नो सानो मन्तव्य राखेर बैठकबाट उठ्नु भएको छ ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा नेताहरुले बोलेका विषय र भारतीय सञ्चारमाध्यममा आएका कुरा हुबहु मिलेको टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्