१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङमा सलहको विगविगी


0
Shares

दाङ, असार १७ । मंगलबारदेखि दाङमा प्रवेश गरेको सलहले बालीनालीमा क्षति पुर्‍याउन थालेको छ ।

तुलसीपुर, घोराही, लमही, बंगलाचुली, शान्तिनगर लगायतका क्षेत्रमा सलहले बालीमा क्षति पुर्‍याएको हो ।

दाङका १० वटै स्थानिय तहमा सलह देखापरेको जिल्ला कृषी प्रसार अधिकृत भरतमणि पोखरेले जानकारी दिनुभएको छ ।

जिल्लाका केही ठाउँमा २५ प्रतिशत मकै बालीमा किराले क्षति पुर्‍याएको केहीमा मंगलबारदेखि क्षति गर्न लागेको समेत उहाँले जानकारी गराउनुभयो ।