१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग


0
Shares

काठमाडौं, असार १७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोध गरेको छ ।

नेविसंघले प्रेस विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

सरकारले रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँले वृद्धि गरेको थियो ।

नेविसंघले पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो भन्दै कोरोना भाइरसको महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेकोमा राहत दिनुको सट्टा सरकारले झन् पीडा दिन खोजेको बताएको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।