२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित


0
Shares

NCP kp oli prachanda dahal meeting

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ ।

फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने प्रयासस्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच संवाद गराउन बैठक रोकिएको हो ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढाएपछि आन्त्रिक संघर्ष चरम बनेको छ ।

पार्टीभित्र आफ्नो पल्ला तल परेकै बेला प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक राखेर संसद अधिवेशन स्थगित गर्न सिफारिश गराउनुभएको छ ।