
काठमाडौं, असार १९ । सुदूरपश्चिममा शुक्रबार एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ ।
दैनिक बृद्धि दरमा यो संख्या अहिलेसम्मकै बढि हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार थपिनेमा सबैभन्दा बढी अछाममा २ सय ९ जना रहेका छन् । त्यस्तै बाजुरामा ५३ जना, डोटीमा ४८ जना, कैलालीमा ५१ जना, कञ्चनपुरमा ४२, बैतडीमा ४० जना, डडेल्धुरामा २८ जना र बझाङमा १४ जना रहेका छन् ।
देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन् ।
सुदूरपश्चिममा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्