१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सवारी भाडादरको विवरण उपलब्ध गराउन व्यवसायीको माग


0
Shares

काठमाडौं, असार २१ । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिलाई सवारी भाडादरमा ठगि गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात महासंघका पदाधिकारीहरुले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पुर्‍याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् ।

महासंघले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पुर्‍याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडा असुलेको आरोप लगाएको छ ।

होल्डिङ सेन्टरबाट बिना टेन्डर, बिना कोटेशन र बिना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरितको भाडा लिएर ठगि गरिएको महासंघको आरोप छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए ।

उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे ।