८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थप २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो


0
Shares

काठमाडौं, असार २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ९३ जना नयाँ सक्रमित थपिएसंगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा कारोना मुक्त भएर १ सय ३२ जना घर फर्केका छन् ।

अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृतक थपिएका छैनन् ।

अहिले ९ हजार २ सय ३ जना आइसोलेसनमा रहेका छन् भने ३१ हजार ५ सय ७३ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल राजधानीको ढलको पानीमा कोरोनाको संक्रमण देखिएको भन्ने सम्बन्धमा मन्त्रालयले स्पष्ट पारेको छ ।

ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसबाट संक्रमण सर्ने सम्भावना नहुने मन्त्रालयले बताएको छ ।

ढलको फोहर पानीमा अन्य रोगका किटाणु हुने भएकाले अन्य संक्रमण हुने हुनाले सचेत भने हुनुपर्ने प्रवक्ता गौतमले बताउनु भयो ।

यसबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।