१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढलको पानीमा देखिएको कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा भएको कोरोना नसर्ने जानकारी दिनुभयो ।

राजधानीमा ढलको पानीमा कोरोनाको संक्रमण देखिएको भन्ने सम्बन्धमा मन्त्रालयले स्पष्ट पारेको छ ।

ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसबाट संक्रमण सर्ने सम्भावना नहुने मन्त्रालयले बताएको छ ।

ढलको फोहर पानीमा अन्य रोगका किटाणु हुने भएकाले अन्य संक्रमण हुने हुनाले सचेत भने हुनुपर्ने प्रवक्ता गौतमले बताउनु भयो ।

यसबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनु भयो ।