काठमाडौं, असार २२ । नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रु रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।
कोरोना संक्रमणको पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको बताइएको छ ।
विदेशमा रहेका नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्