काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भेटघाट गरेका छन् ।
देउवा निवास बुढानिलकण्ठमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतो र सभापति देउवाबीच करिब एक घण्टा भेटवार्ता भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिएका छन् ।
छलफलमा कांग्रेस र जसपाले सरकार असफल भएको निष्कर्ष निकाल्दै नेकपाको आन्तरिक विवादमा नफस्ने निर्णय पनि गरेका छन् । हठात् संसद् अधिवेशन अन्त्य गरिएको भन्दै नेताहरुले आपत्ति जनाएको बताइएको छ ।
जसपा नेता राजेन्द्र महतोले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताउँदै नेकपाभित्रको झगडामा आफूहरु प्रवेश नगर्ने जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्