
काठमाडौं,१५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
एक्सन रुम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विभिन्न विषयमा संक्षिप्त कुराकानी गरेका थिए ।
प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको पनि बताए ।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनलाई सार्थकता दिन सकिने दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्