
काठमाडौं, जेठ १५ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव बढाइएको घोषणा गरेका हुन् ।
तलब भने एकमूष्ठ नबढाई नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्योभन्दा माथिल्लो तहका लागि १८ प्रतिशत तलब बढाइएको हो ।
तलब बढाएपछि कर्मचारीको कार्यपद्धती, कार्यशैली र क्षमतामा प्रोत्साहन हुने विश्वास अर्थमन्त्री खतिवडाले गरेका छन् ।
वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ । त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ ।
कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।
प्रतिक्रिया दिनुहोस्