कैलाली, असार २५ । सुदूरपश्चिम प्रदेशमा ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशको बाजुराका ६, कञ्चनपुरका ३ र अछामका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित प्रहरीमध्ये पाँच जना डिस्चार्ज भइसकेको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।
देशभरी ९२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्