१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने


0
Shares

काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिनुभएको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने बताउनुभयो ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने तर अरु सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने पनि बताउनुभयो ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउने नियम बनाइएको छ । बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने अनुमति दिइएको छ ।

सार्वजनिक यातायातमा भने सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने व्यवस्था मिलाउनुपर्ने छ । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने तथा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्ने तथा एक दिनमा एक पटक बस निसंक्रमण गर्नुपर्ने जनाइएको छ ।

यस्ता छन्, मन्त्रिपरिषदका निर्णय,