काठमाडौं, असार २५ । प्रहरीले विभिन्न बहानामा ठगि गर्ने योजनामा हिडेका ६ जनालाई पक्राउ गरेको छ ।
सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका ४ का गेहेन्द्रसिंह आत्रेय, काभ्रे पाँचखालका जनक गिरी, ओखलढुंगा भञ्ज्याङ गाउँपालिकाका सुवासकुमार बस्नेत, ओखलढुंगाकै सुनकोसी गाउँपालिकाका हरिबहादुर लामिछाने, काठमाडौ तार्केश्वर नगरपालिकाका राजेन्द्रबहादुर जोशी,नुवाकोटको ककनी गाउँपालिकाका रोशन तामाङ रहेका छन् ।
प्रहरीले उनीहरु साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थको १६ पाना पनि बराम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्