सिन्धुपाल्चोक, असार २५ । बाढी पहिरोको घटनाको अवस्था बुझ्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुग्नुभएको छ ।
घटनास्थल जम्बु पुगेर फर्किनभएका सभामुख सापकोटाले सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै घाइते र पीडित परिवारको उद्दार र राहतमा कुनै सम्झौता नहुने बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरेको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल र वन, वातावरण तथा पर्यटन मन्त्री सुरेश नेपाललगायतको टोली घटनास्थलमै पुगेर उद्दार कार्यमा जुटिरहनुभएको छ ।
त्यस्तै, बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्