काठमाडौं, असार २५ । राष्ट्रिय मानव अधिकार आयोगले आयोगकै सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै आयोगकी सदस्य अन्सारीले सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले अन्सारीले समाजिक सञ्जलमा संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित् छानबिन प्रतिवेदन’ भनेकोप्रति आपत्ति जनाउनुभएको हो ।
अन्सारीले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गरिएकोमा खेद प्रकट गर्दै सामाजिक सञ्जालमार्फत आपत्ती जनाउनुभएको थियो ।
आयोगले जारी गरेको विज्ञप्तीमा अन्सारीले दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्