काठमाडौं, असार २५ । कोभिडका कारण यतिबेला मुलुक लकडाउनमा छ । आंशिक रुपमा व्यापार व्यवसाय संचालनमा आएपनि अर्थतन्त्र चलायमान बन्न भने सकेको छैन ।
विगत तीन महिना बढि देखि व्यवसाय गर्न नपाएका व्यवसायीले अहिले आंशिक कारोवार गर्न पाएर आशावादी त देखिएका छन् तर बढ्दो संंक्रमण दरका कारण त्रास भने कायमै छ ।
यस्तो अवस्थामा विद्युतिय सामाग्र्रीको व्यापार भने लोभलाग्दो छ । बढ्दो प्रविधिको प्रयोगसँगै अहिले बजारमा विद्युतिय सामाग्रीहरु विशेषगरी ल्यापटप मोबाइल, जस्ता सामग्रीको व्यापारमा भने उच्च बृद्धि भएको छ ।
कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)को तथ्याङ्क अनुसार पछिल्लो समय विद्यालय विश्वविद्यालयले संचालन गर्ने अनलाइन कक्षाका लागि पनि ल्यापटप र स्मार्ट फोन विक्रि उल्लेख्य बढेको क्यानका अध्यक्ष नवराज कुँवर बताउनु हुन्छ ।
विश्वव्यापी रुपमा बढेको कारोनाको महामारीका कारण सामान उत्पादन नेै कम छ, अन्र्तराष्ट्रिय उडान बन्द भएका कारण आयातमा समस्या छ । आयातमा समस्याकै कारण मागको पच्चीस प्रतिशत धान्न पनि व्यवसायीलाई धौ धौ परिरहेको छ । नेपालको सन्दर्भमा भने भित्रिएका सामानमा पनि ढुवानीको समस्या छ ।
बजारमा अहिले स्मार्ट फोनको अधिकतम् माग छ । ढुवानीमा असहजताका कारण माग अनुसार आपूर्ति त हुन सकेको छैन नै मुल्य पनि बढेको व्यवसायी बताउछन् ।
प्रतिक्रिया दिनुहोस्