२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थ समितिद्वारा पूँजी बजार सुधार प्रतिवेदन पारित, वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि बाटो खुल्यो


0
Shares

काठमाडौं, असार २६ । प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिले सांसद रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले बुझाएको पुँजीबजार तथा मुद्राबजार सुधार सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमा वाणिज्य बैंकलाई सहायक कम्पनी स्थापना गरेर आवश्यक शर्तसहित ब्रोकर लाईसेन्स दिनुपर्ने लगायतका सुझाब दिइएको छ ।

प्रतिवेदन पारित गर्दै अर्थसमिति सभापत्ति कृष्ण प्रसाद दाहालले पुँजीबजारको पँहुच वृद्धि गर्न बैंकलाई आवश्यक सर्तसहित ब्रोकर लाईसेन्स दिनुपर्ने बताउनुभयो ।

सभापति दाहालले पुँजी बजारमा रियल सेक्टरलाई ल्याउन सकेमा कारोबार पारदर्सि एवं जवाफदेही हुने भएकाले यसका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

१ अर्ब बढीको लगानी भएका निजी कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्नुपर्ने, प्राकृतिक स्रोत तथा साधनको कारोबार गर्ने कम्पनी कारोबारका आधारमा पब्लिक कम्पनीमा जानुपर्ने लगायतका व्यवस्थाका लागि पनि प्रतिवेदनले सुझाएको छ ।

समितिमा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

यस्तै पुर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुँजीबजारलाई थप प्रतिष्पर्धि बनाउन अर्काे स्टक एक्सचेन्ज आवश्यक रहेकोमा जोड दिनुभयो ।