सर्लाही, असार २६ । सर्लाहीमा थप ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सदरमुकाम मलंगवास्थित नर्सिङ कलेज आइसोलेसनको सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
थपिएका ६ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्