१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला


0
Shares

जाजरकोट, असार २६ । जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ ।

बेपत्तामध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन ।

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको हो ।

बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।