
काठमाडौं, असार २८ । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षारोपण गरेको छ ।
ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् ।
उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मूख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक युनिटका प्रमुखहरुले आफंै विरुवा लिएर रोपेका थिए ।
विरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरिय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो ।
वृक्षारोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।
रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैंले लिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्