१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, असार २८ । आइतबार उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ५ जना र ललितपुरका १ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।