१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पति हत्याको आरोपमा पत्नी पक्राउ


0
Shares

पूर्वीरुकुम, असार २८ । रुकुम (पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो ।

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिनुभयो ।

अभियुक्त तिलसरादेवीलाई आइतबार जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस