
पोखरा, असार २८ । नेपाली कांग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ ।
कास्की कांग्रेसको आइतबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको हो ।
बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ ।
लकडाउनको अवधिलाई शून्य मानेर कर र ऋणको व्याजमा समेत सहुलियत दिन माग गरेको छ ।
बैठकले बाढी पहिरो प्रभावितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्