
काठमाडौं, असार २८ । मधेश केन्द्रीत दुईदल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले यसअघि नै जनता समाजवादी पार्टी दर्ता गरिसकेको भएपनि आज दल दर्ताको औपचारिक प्रमाणपत्र दिएको हो ।
दल दर्ता प्रमाणपत्र अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १ सय ५९ रहेको छ । समाजवादी पार्टी र राजपाबीच वैशाख १० गते पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।
दुई पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी (जसपा) ले जेठ २५ गते दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् ।
लामो समयदेखि एकीकरणको प्रयासमा रहेपनि सफल हुन नसकेका दुई दलबीच सरकारले राजनीतिक दल विभाजन खुकुलो पार्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि रातारात एकता भएको थियो ।
यद्धपि चौतर्फी विरोधका भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्