काठमाडौं, असार २८ । साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक रह्यो ।
नेप्से सामान्य अंकले उकाला लाग्दा कारोबार अर्ब माथी नै रह्यो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से ९ अंकले उकलो लागेर १३ सय ४० पुग्यो । यसदिन कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मकरहे ।
बीमा, लघुवित्त, उत्पादनमूलक, वित्त, अन्य र व्यापार समूह उकालो लागे भने होटल, विकास बैंक, वाणिज्य बैंक, जलविद्युत र सामुहिक लगानी कोष ओरालो लागे ।
यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ९७ अंकले उकालो लाग्दा लघुवित्त समुहमा पनि ८२ अंकको बृद्धि आयो ।
निर्जीबन बीमा समूह पनि ८० अंकले बढयो । होटल समूह ५३ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको २६ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ११ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्