काठमाडौं, असार २९ । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलबाहेक अरुको प्रशारण खुला गर्ने निर्णय गरेका छन् ।
केबल अपरेटरहरूको आइतबार बसेको बैठकले नेपाल र नेपालीका बारेमा भ्रामक र अतिरञ्जनापूर्ण विषयवस्तु प्रशारण गर्ने चार वटा च्यानलमा लगाएको रोक भने कायमै राख्ने निर्णय गरेको हो ।
केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलको प्रशारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
नेपाल र प्रधानमन्त्री केपी ओलीबारे भ्रामक र आपत्तिजनक समाचार प्रशारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रशारणमा रोक लगाएका थिए ।
यसरी प्रशारण रोकेकामा सरकारले धन्यवादसमेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्