
काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्ड अनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि केही कम्पनीले भने सेवा दिन थालेका हुन् ।
लकडाउनका कारण चैत ११ देखि बन्द यातायात क्षेत्र सरकारले ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशतै बढी भाडा लिनसक्ने गरी खुला गरेको थियो ।
तर महासंघले भने सञ्चालन खर्च नै नउठ्ने भन्दै सेवा शुरु गर्न मानेको छैन । तथापी केही संस्थाले भने सेवा सञ्चालन गरेका छन् ।
सिमित संख्यामा टेम्पो, माइक्रोबस, मिनिबस तथा ठूला बसहरु उपत्यकाका सडकमा गुड्न थालेका छन् ।
यातायात सञ्चालन गरेका मध्ये एक मयूर यातायात प्रालीले ५ वटा बसमार्फत सेवा थालेको जनाएको छ ।
विषम परिस्थितिमा जनताको सेवा बाट पछि हट्न नसुहाउने भएकाले सरकारी मापदण्ड अनुसारै सेवा शुरु गरेको प्रालिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।
सेवालाई आगामी दिनमा बढाउँदै लैजाने पनि प्रालिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्